विराटनगर– प्रदेश १ सरकारले आफू निकट उद्यमी र एमाले कार्यकर्तालाई मात्र गोप्य रुपमा कोरोनाविरोधी खोप दिएको पाइएको छ ।

खोप सम्बन्धी सार्वजनिक सूचनाबिनै विराटनगरमा पहुँचवाला उद्योगीलाई कोरोनाविरूद्धको खोप दिएको भेटेपछि स्थानीयले विरोध गरेर खोप कार्यक्रम नै बिथोलेका छन् ।

शुक्रबार विराटनगर–२ तीनपैनीस्थित सिटी सिनेमा हल परिसरमा खास मान्छेलाई कोरोना विरूद्धको दोस्रो डोज दिइएको हो ।
हलमा मानिसको चहलपहल बढेपछि स्थानीयले गोप्य रुपमा खोप दिन लागेको सुइँको पाएका थिए ।

सार्वजनिक सूचनाबिनै जानकारी अग्रपंक्तिमा नखटिएकाहरूले खोप लगाएको पाइएपछि स्थानीयले विरोध गरेका हुन् ।

प्रदेश मन्त्री उषाकला राईको पहलमा एमाले निकट व्यवसायी र कार्यकर्तालाई दोस्रो डोज खोप दिएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय