काठमाडौं– आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा २०० ले चाँदी तोलामा ५ रुपैयाँले बढेको हो ।
आइतबार छापावाला सुन प्रतितोला ९४ हजार र तेजाबी सुन प्रतितोला ९३ हजार ५०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
गत शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार ८०० र तेजाबी सुन प्रतितोला ९३ हजार ३०० मा कारोबार भएको थियो ।
महासंघका अनुसार आइतबार चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर एक हजार ३५५ मा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ३५० मा कारोबार भएको थियो ।