काठमाडौं– नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा २०० ले र चाँदी तोलामा ५ रुपैयाँले बढेको हो ।

सोमबार छापावाला सुन प्रतितोला ९४ हजार २०० र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० मा कारोबार भइरहेको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९४ हजार र तेजाबी सुन प्रतितोला ९३ हजार ५०० मा कारोबार भएको थियो ।

यस्तै, महासंघका अनुसार सोमबार चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर एक हजार ३६० मा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ३५५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय