काठमाडौं– राधी विद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आइतबार सम्पन्न सञ्चालक समिति बैठकले बोनस सेयरपछि १४७.५२ प्रतिशत अर्थात १ बराबर १.४७५२ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ३६.५ प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ६४ करोड ६४ लाख पुग्ने छ । सो चुक्ता पुँजीको १४७.५२ प्रतिशत हकप्रद जारी गर्ने सञ्चालक समितिले प्रस्ताव गरेको छ । हकप्रद सेयरको प्रस्ताव साधारण सभामा पेस गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय