काठमाडौं– डेभलपमेन्ट बैंकर्स एसोसिएसनले राष्ट्र बैंकको निर्देशन अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा खुल्ने डेभलपमेन्ट बैंकका शाखाको विवरण सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले जेठ १० गते एक सूचना जारी गरी इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञाका बेला खोल्न पाउने शाखा संख्या तोकिदिएको थियो । उसले उपत्यकाभित्र ख वर्गका विकास बैंकहरुको हकमा दैनिक काठमाडौं जिल्लामा २ वटा, ललितपुर र भक्तपुर जिल्लामा १–१ वटा शाखा खोल्न निर्देशन दिएको थियो ।

सोही अनुसार डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले एसोसिएसनमा आवद्ध राष्ट्रिय स्तरका ८ सदस्य विकास बैंकहरुले जेठ १६ देखि २१ गतेसम्म खोल्ने शाखाको विवरण प्रकाशित गरिएको हो ।

एसोसिएसनका अनुसार विभिन्न डेभलपमेन्ट बैंकले आगामी शुक्रबारसम्म देहायअनुसार शाखा खोली सेवा दिनेछन्ः

गरिमा विकास बैंक लिमिटेड
जेठ १७ गते सोमबारः लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।
जेठ १८ गते मंगलबारः लाजिम्पाट, गोंगबु न्यूरोड, कुमारीपाटी र सूर्यविनायक ।
जेठ १९ गते बुधबारः लाजिम्पाट, चावहिल, कुलेश्वर, इमाडोल र गठ्ठाघर ।
जेठ २० गते बिहीबारः लाजिम्पाट, गोंगबु, बानेश्वर, कुमारीपाटी र सूर्यविनायक ।
जेठ २१ गते शुक्रबारः लाजिम्पाट, कलंकी, न्युरोड, इमाडोल र गठ्ठाघर ।

ज्योति विकास बैंक लिमिटेड
जेठ १७ गते सोमबारः असन, फुटुङ र झम्सिखेल ।
जेठ १८ गते मंगलबाः कमलपोखरी, कोटेश्वर र च्यामासिंह ।
जेठ १९ गते बुधबारः सिनामगंल, गोंगबु र प्रयागपोखरी ।
जेठ २० गते बिहीबारः बालाजु, रातोपुल र चापागाउँ ।
जेठ २१ गते शुक्रबारः नेपालटार, सरस्वतीनगर र सातदोबाटो ।

कामना सेवा विकास बैंक लिमिटेड
जेठ १७ गते सोमबारः सानागाउँ, गोंगबु, नयाँबानेश्वर र लोकन्थली ।
जेठ १८ गते मंगलबारः ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधेराधे ।
जेठ १९ गते बुधबारः कुमारीपाटी, भङगाल, बौद्ध र न्युरोड ।
जेठ २० गते बिहीबारः कुमारीपाटी, चावहिल, ठमेल र राधेराधे ।
जेठ २१ गते शुक्रबारः ग्वार्को, कुलेश्वर, बालाजु र लेकन्थली ।

लुम्बिनी विकास बैंक लिमिटेड
जेठ १७ गते सोमबारः गोंगबु, कान्तिपथ र बोडे
जेठ १८ गते मंगलबारः नरेफाँट, बसुन्धारा र मंगलबजार ।
जेठ १९ गते बुधबारः नारायणटार, कात्यायनी र कौशलटार ।
जेठ २० गते बिहीहबारः न्युरोड, टोखा र महालक्ष्मीस्थान ।
जेठ २१ गते शुक्रबारः कपन, कुलेश्वर र लेले ।

महालक्ष्मी विकास बैंक लिमिटेड
जेठ १७ गते सोमबारः बानेश्वर, महाराजगञ्ज र झम्सिखेल ।
जेठ १८ गते मंगलबारः दरबारमार्ग, थापाथली, कुमारीपाटी र भक्तपुर ।
जेठ १९ गते बुधबारः तीनचुली, कालीमाटी र सातदोबाटो ।
जेठ २० गते बिहीबारः दरबारमार्ग, सतुंगल र झम्सिखेल ।
जेठ २१ गते शुक्रबारः नयाँबजार, नक्साल भाटभनेटी, कुमारीपाटी र भक्तपुर ।

मुक्तिनाथ विकास बैंक लिमिटेड
जेठ १७ गते सोमबारः नयाँबानेश्वर, महाराजगन्ज, कुपण्डोल र कमलविनायक ।
जेठ १८ गते मंगलबारः न्यूरोड, चावहील, इमाडोल र सूर्यविनायक।
जेठ १९ गते बुधबारः कमलादी, सितापाइला, कुमारीपाटी र थिमी ।
जेठ २० गते बिहीबारः ठमेल, वसुन्धरा, भैसेपाटी र सूर्यविनायक ।
जेठ २१ गते शुक्रबारः कुलेश्वर, कोटेश्वर, बाँडेगाउँ र कमलविनायक ।

साग्रिला डेभलपमेन्ट बैंक लिमिटेड
जेठ १७ गते सोमबारः इमाडोल, पेप्सीकोला, कमलविनायक र असन ।
जेठ १८ गते मंगलबारः अनामनगर, बनस्थली, नखिपोट र थिमी ।
जेठ १९ गते बुधबारः नारायणटार, कपन, सानेपा र कमलविनायक ।
जेठ २० गते बिहीबारः बालुवाटार, थिमी र चावहिल ।
जेठ २१ गते शुक्रबारः इमाडोल, टोखा, कालीमाटी र कमलविनायक ।

साइन रेसुगा डेभलपमेन्ट बैंक लिमिटेड
जेठ १७ गते सोमबारः कलंकी र न्युरोड ।
जेठ १८ गते मंगलबारः नयाँबानेश्वर र महाराजगन्ज ।
जेठ १९ गते बुधबारः कलंकी र गोंगबु ।
जेठ २० गते बिहीबारः नयाँबानेश्वर र न्युरोड ।

यी शाखाहरु विहान १० देखि दिउँसो २ बजेसम्म मात्र खुल्ने एसोसिएसनले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय