काठमाडौं– मुलुकको प्रतिष्ठित व्यावसायिक घराना चौधरीले ग्रुप अन्तर्गतको कम्पनीले सबैभन्दा सस्तो इन्टरनेट सेवा सुरु गरेको छ ।

चौधरी ग्रुप अन्तर्गतको सिजी नेटले प्रतिमहिना ९९९ रुपैयाँमा १२० एमबिपिएस स्पिडको इन्टरनेट सेवा सुरु गरेको जनाएको छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीका अनुसार सिजी नेटले विश्वस्तरीय प्रविधि प्रयोग गर्दै सबभन्दा सस्तो इन्टरनेट सेवा सुरु गरेको हो । हाललाई काठमाडौं उपत्यकामा उपलब्ध उक्त सेवा निकट भविष्यमै देशभर विस्तार गर्ने उनले जनाएका छन् ।
यो अहिले बजारमा चल्तीमा रहेका मध्ये सबैभन्दा सस्तो इन्टरनेट सेवा हो । देशको प्रमुखमध्येको एक भायानेटले ४५

एमबिपिएस स्पिडको इन्टरनेट एक महिनाका लागि १५५० मूल्य तोकेको छ । यो स्पिडको इन्टरनेट १२ महिनाको एकमुष्ठ भुक्तानी गर्दा मासिक १२५० रुपैयाँ पर्न आउँछ ।

अर्को ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले ५० एमबिपिएस स्पिडको लागि वार्षिक शुल्क १४,४०० तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय