काठमाडौं– विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्ज्वलबहादुर थापाको निधन भएको छ ।

कोभिड–१९ का गम्भीर लक्षणहरु देखिएपछि ललितपुरको मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचाररत ४४ वर्षीय थापाको निधन भएको उनको परिवारले पुष्टि गरेको छ ।

थापाको निधनको कारण कोरोना भाइरस संक्रमणजन्य समस्या भए पनि पछिल्लो समय उनी कोरोनामुक्त भइसकेको परिवारले जनाएको छ ।

थापाका आफन्तजनले ‘एएटा आशाको दियो उज्वल थापा निभ्यो !’ शीर्षकमा प्रकाशित विज्ञप्तिमा मंगलबार दिउँसो ४.२५ बजे उनले अन्तिम सास फेरेको उल्लेख छ ।

‘अन्तिम पटक गरिएको कोरोना भाइरस परीक्षणमा नतिजा नेगेटिभ रहेको भए पनि अहिलेको संक्रामक रोगको समयमा उहाँको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने परिवारको इच्छा भएकोले सम्भव भएसम्म सहभागी नभइदिनु हुन हामी आग्रह गर्दछौं,’ स्वर्गीय थापाको परिवार, साथी र शुभेच्छुकको तर्फबाट जारी विज्ञप्ति भनिएको छ ।

सकारात्मक सोचका साथ निष्ठा र इमानमा आधारित विकेशील नेपाली नामक संस्थाको नामबाट सकारात्मक अभियान चलाएका थापाले पछि विवेकशील पार्टीमार्फत राजनीति सुरु गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय