नयाँ दिल्ली– भारतले कोभिड–१९ को दोस्रो लहर अवधिमा ५९४ जना डाक्टर गुमाएको छ । सबैभन्दा बढी नयाँ दिल्लीमा १०७ जना डाक्टरको ज्यान गएको छ ।

द इन्डियन मेडिकल एसोसिएसनले सार्वजनिक गरेको तथ्यांक अनुसार बढी संक्रामक दोस्रो लहर अवधिमा उक्त संख्यामा चिकित्साकर्मीको निधन भएको हो ।

एसोसिएसनका बिहारमा ९६ र उत्तरप्रदेशमा ६७ जना चिकित्सकले ज्यान गुमाएको प्राप्त समाचारमा उल्लेख छ । त्यसैगरी, राजस्थानमा ४३ र झारखण्डमा ३९ चिकित्सकको ज्यान गएको छ ।

आन्ध्र प्रदेशमा ३२ जना डाक्टरको ज्यान गएको एसोसिएसनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय