काठमाडौं– नेपाली बजारमा बुधबार पहेंलो धातु सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९४ हजार ५०० र तेजाबी सुन प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ । यो अघिल्लो दिनकै मूल्य हो ।

महासंघका अनुसार चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार ३६० मा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ३७० मा कारोबा भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय