काठमाडौं– नेपालमा पछिल्लो २४ घन्टामा थप ५३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस अवधिमा पिसिआर परीक्षणबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको जानकारी गराएको छ ।

यो २४ घन्टामा काठमाडौंमा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी उपत्यकामा १४५६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस अवधिमा १०१ जना कोरोना संक्रमितको निधन भएको र ७२१९ जना संक्रमणमुक्त भएको मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ ।

मन्त्रालयले पछिल्लो अपडेटसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ८०.८ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय