काठमाडौं– नेपाली बजारमा शुक्रबार पहेंलो धातु सुनको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य एकै दिन एक हजार ५०० ले घटेको छ भने चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० र तेजाबी सुन प्रतितोला ९२ हजार ८०० मा कारोबार भइरहेको छ ।
बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार ९०० र तेजाबी सुन प्रतितोला ९४ हजार ४०० मा कारोबार भएको थियो ।
महासंघका अनुसार बिहीबार चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३४० मा कारोबार भइरहेको छ । अघिल्लो दिन बिहीबार चाँदी प्रतितोला एक हजार ३७५ मा कारोबार भएको थियो ।