काठमाडौं– सरकारी स्वामित्वको नेपाल आयल निगमले पट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य बढाएको छ ।

निगमको यो कदमसँगै पेट्रोलको मूल्य १२५ रुपैयाँ पुगको छ । मट्टीतेल र डिजेलको मूल्य लिटरको १०८ रुपैयाँ पुगेको छ ।

आन्तरिक हवाई इन्धनको लागि भने अब लिटरको ८० रुपैयाँ तिर्नुपर्नेछ । अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन र खान पकाउने ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ ।

नयाँ मूल्य शनिबार मध्यरातिदेखि लागू हुने निगमको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय