नयाँ दिल्ली– भारतमा दैनिक कोरोना संक्रमण एक लाखमा ओर्लेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्ले २४ घन्टामा त्यहाँ एक लाख ६ सय ६३६ संक्रमण पुष्टि भएको छ ।

यस अवधिमा २४ सय २७ जना संक्रमितको निधन भएको छ । योसँगै भारतमा कोरोनाजन्य कुल मृत्यु ३ लाख ४९ हजार १८६ पुगेको छ ।

अब भारतमा कुल संक्रमितको संख्या २ करोड ८९ लाख ९ हजार ९७५ पुगेको छ । हाल भारतमा १४ लाख १ हजार ६०९ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टाको संक्रमण दर ६१ दिनयताकै सबैभन्दा कम हो । भारतमा मे ७ तारिखका दिन दैनिक संक्रमण ४ लाख १४ हजारसम्म पुगेको थियो । मृत्युको हकमा सबभन्दा बढी १९ मेमा ४५ सय २९ जनाको निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय