काठमाडौं– मुलुकको कुल गार्हस्थ उत्पादनलाई सेयर बजारले पछाडि पारेको छ । मंगलबारको कारोबारपछि नेपालको सेयर बजारको कुल बजार पुँजीकरण ४१ खर्ब नौ अर्ब ५७ करोड २५ लाख ८८ हजार ८५८ बराबर पुगेको छ । यो हालसम्मकै सबैभन्दा धेरै हो ।

नेपाल धितोपत्र बोर्डका अध्क्ष भीष्मराज ढुंगानाले अन्य क्षेत्रमा लगानीको अवसर कोरोनाका कारण संकटमा परेकाले नेपालको धितोपत्र बजार विस्तारित भएको बताएकै दिन बजार पुँजीकरणमा उल्लेख्य सुधार देखिएको हो । उनले मंगलबार आयोजित एक श्रव्यदृश्य कार्यक्रममा उक्त जानकारी दिएका थियो । सोमबारको तुलनामा आज बजार पुँजीकरण मात्रै ७४ अर्ब १९ करोडभन्दा धेरैले बढेको हो । मुलुकको कुल गार्हस्थ उत्पादन ४० खर्ब हाराहारी छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५३.४४ बिन्दुले वृद्धि भई दुई हजार ९६०.१४ मा पुगेको छ । नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेप्सेले कीर्तिमान कायम गर्दा ठूला कम्पनीको सेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ७.४७ बिन्दुले उकालो लागेर ५२८.१० मा पुगेको छ ।

नेप्सेका अनुसार कुल २१८ कम्पनीको तीन करोड ५७ लाख ३७४ कित्ता सेयर १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार ४० मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको सेयर मूल्य ओरालो लाग्दा १० उपसमूहको मूल्य उकालो लागेको छ । होटल तथा पर्यटन १६.४५, लघुवित्त २४.२१ र लगानी ०.९३ ले ओरालो लागेको छ । बैंकिङ २०.१, व्यापार १९.२७, विकास बैंक ३९८.२९, जलविद्युत् ५८.३६, वित्त १८५.९३, निर्जीवन बीमा ५५४.१५, उत्पादन १२९.३, अन्य ४५.६३, जीवन बिमा ६६८.५७ र सामूहिक लगानी कोष ०.३४ बिन्दुले बढेको छ ।

कारोबारका आधारमा आज नेपाल पुनर्बिमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको एक अर्ब ६ करोड ६४ लाख ६४ हजार ७२१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

रसुवागडी हाइड्रोपावर ४७ करोड ८२ लाख ९२ हजार १०७, युनाइटेड मोदी ३७ करोड ३९ लाख ७९ हजार ५८, लुम्बिनी विकास बैंक ३५ करोड ७८ लाख ७४ हजार ४९६ र नेपाल पूर्वाधार बैंक ३३ करोड ३१ लाख १५ हजार १०९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै, हिमालयन जनरल इन्स्योरेन्स, गुर्खाज फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स,जानकी फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंकको सेयर १० मूल्य प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

मेरो माइक्रोफाइनान्स २.८५, हिमाल दोलखा हाइड्रोपावर २.८२, सामुदायिक लघुवित्त २.६१, मिथिला लघुवित्त २.०७ र आइसिएफसी फाइनान्सको ऋणपत्रका लगानीकर्ताले १.९४ प्रतिशतले गुमाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय