
काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ६०० ले र चाँदीको तोलामा १५ रुपैयाँले बढेको हो ।
शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार ५०० र तेजाबी सुन प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार ९०० र तेजाबी सुन प्रतितोला ९३ हजार ४०० मा कारोबार भएको थियो ।
महासंघका अनुसार शुक्रबार चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३७० मा कारोबार भइरहेको छ । अघिल्लो दिन बिहीबार चाँदी प्रतितोला एक हजार ३५५ मा कारोबार भएको थियो ।