चितवन– विद्यालयहरुले अनलाईन मार्फत भर्ना प्रक्रिया सुरु गर्ने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार यहाँ रहेका सबै विद्यालयहरुले असार १ गतेदेखि भर्ना प्रक्रिया सुरु गर्न लागेका हुन् ।

कार्यालय प्रमुख भूमिलाल सुवेदीका अनुसार इन्टरनेटको सुविधा भएको ठाउँमा भर्चुअल माध्यमबाट भर्ना लिइने छ भने अन्य स्थानमा सामाजिक दूरी कायम गरी भर्ना लिइने छ ।

विद्यार्थीको भविष्यसँग जोडिएकाले भर्ना प्रक्रिया सुरु भएसँगै विद्यालयले पुस्तक खरिद गरी विद्यार्थीलाई उपलव्ध गराउने छन् । अहिले यहाँका सात वटै स्थानीय तहका शिक्षा शाखाहरु नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको उनले जानकारी दिए ।

कक्षा आठको नतिजाको समेत अन्तिम तयारीमा लागेकाले त्यस लगत्तै भर्ना अभियान र पठनपाठन सुरु गरिने छ ।

विद्यालयहरुले भर्ना फारम आफ्नो विद्यालयको वेभसाइटमा राख्ने छन् । सोही साइटमार्फत विद्यार्थीले फारम भरेर विद्यालयलाई बुझाउने छन् । सो फारमको आधारमा विद्यालयले विद्यार्थीसँंग भर्चुअल रुपमा अन्तरवार्ता लिई भर्नामा सहभागी गराउने छन् । विद्यार्थी भर्ना प्रक्रियासँगै पठन पाठन पनि भर्चुअल माध्यमबाटै गर्ने छन् ।

अनलाइनको सुविधा नपुगेका विद्यालयले भने भर्नाका लागि सामाजिक दूरी कायम गर्नुपर्ने उनले बताए । उले भने, ‘सामाजिक दूरी कायम गरी भर्ना गर्ने छन् । पठनपाठनका लागि वैकल्पिक माध्यम अबललम्बन गर्नुपर्ने छ ।’

जिल्लामा ३२३ सामुदायीक र २१६ संस्थागत गरी ५३९ विद्यालय रहेका छन् । ती विद्यालयमा १ लाख ५४ हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय