पोखरा– गण्डकी प्रदेशमा सत्ता परिवर्तनको खेल चलिरहेका बेला मनाङका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई भेट्न आउँदा पक्राउ परेका नेपाली कांग्रेसका नेता गणेश लामा जरिवाना तिरेर छुटेका छन् ।

पोखरा लेकसाइडबाट बिहीबार पक्राउ परेका लामासहित ३ जनालाई प्रतिव्यक्ति ३ हजार जरिवाना लिएर छाडिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

प्रदेशसभामा विपक्षी गठबन्धनको पक्षमा देखिएका गुरुङलाई भेट्न आएका लामा निषेधाज्ञामा अनावश्यक हिडँडुल गरेको आरोपमा प्रक्राउ परेका थिए । जिल्ला प्रशासन कार्यालय कास्कीले लामालाई जरिवाना लिएर छाड्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय