पोखरा– गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्तिका लागि दावी गर्न प्रदेशसभाका सदस्यलाई आह्वान गरेकी छिन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि सो आह्वान गरिएको हो ।

प्रदेशसभाको शुक्रबारको पत्रबाट सो जानकारी आएपछि प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभा सदस्यलाई आव्हन गरेको प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिको लागि शनिबार अपराह्न ३ बजेसम्म प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभाका सदस्यलाई दावी गर्न आह्वान गरेकी हुन् ।

अर्यालद्वारा जारी विज्ञप्तिमा मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले कार्य गर्ने गरी जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय