काठमाडौं– आगामी तीन दिन मुलुकभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार, आइतबार र सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

शनिबार दिउँसो देशका धेरै स्थानमा मेघगर्जन, चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना महाशाखाले औंल्याएको छ । यस दिन गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा हुन सक्ने बताइएको छ । यस दिन साँझ देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन, चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ । प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै ठाउँमा मेघगर्जन, चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना औंल्याइएको छ । प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको हुन सक्ने महाशाखाले जनाएको छ । साँझ देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै ठाउँमा मेघगर्जन, चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना छ ।

सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै स्थानमा मेघगर्जन, चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ । प्रदेश नं १, २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना महाशाखाले औंल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय