हेटौंडा– वाग्मती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा स्नातक तहसम्म अध्यापन गराउन अनुमति प्राप्त गरेको छ ।

चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई जनस्वास्थ्यमा २०, फार्मेसीमा ३० र मेडिकल ल्याब टेक्नोलोजीमा ३० सिट अनुमति दिएको छ । प्रतिष्ठानलाई जनस्वास्थ्य, फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजी अध्यापन गराउन अनुमति प्राप्त भएको प्रतिष्ठानका रजिस्ट्रार राजेश प्रसाईंले जानकारी दिए ।

स्थापनाको छोटो अवधिमा नै अनुमतिका लागि आवश्यक पर्ने मापदण्ड पूरा गरेको उनले जानकारी दिए ।

उनका अनुसार अनुमति प्राप्त गरेका सबै विषयको अध्ययन गर्ने विद्यार्थीमध्ये प्रदेश सरकारले ७५ प्रतिशतलाई निःशुल्क अध्यापन गराउनेछ । यस सम्बन्धमा प्रदेश सरकारले नीतिगत निर्णय गरेर सम्बन्धित निकायमा पठाइसकेको उनले बताए ।

प्रतिष्ठानले अब पहिलो शैक्षिक सत्रमा अनुमति प्राप्त गरेको तीन विधामा अध्यापन सुरु गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय