विराटनगर– प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले मंगलबार प्रदेशसभामा उक्त बजेट पेस गरेका हुन् । बजेटमा चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख र पुँजीगततर्फ १५ अर्ब ५ करोड ३५ लाख विनियोजन गरिएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको भन्दा करिब ७ अर्ब रुपैयाँ कमको बजेट ल्याएको छ । चालु आर्थिक वर्षका लागि प्रदेश १ सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष ४ अर्ब ९ करोड ७७ लाख रुपैयाँ आन्तरिक राजस्व संकलनको लक्ष्य राखेको छ ।

बजेटका अन्य स्रोतमा केन्द्र सरकारबाट राजस्व बाँडफाँटको ९ अर्ब १ करोड ६६ लाख, समानीकरण अनुदानको ८ अर्ब ५६ करोड, ससर्त अनुदानको ५ अर्ब ९६ करोड ७७ लाख, समपूरक अनुदानको १ अर्ब १६ करोड ४ लाख र विशेष अनुदानको ५९ करोड ३३ लाख गरी ३० अर्ब २० करोड ७९ लाख प्राप्त हुने अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय