
काठमाडौं– नेपाली बजारमा बिहीबार पहेंलो धातु सुनको मूल्यको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा एक हजार १०० ले घटेको छ भने चाँदी तोलामा २० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० मा कारोबार भइरहेको छ ।
बुधबार छापावाला सुन प्रतितोला ९३ हजार १०० र तेजाबी सुन प्रतितोला ९२ हजार ६०० मा कारोबार भएको थियो ।
महासंघका अनुसार यस दिन चाँदी पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ३४० मा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ३६० मा कारोबार भएको थियो ।