काठमाडौं– महँगो धातु सुन एक हप्तामा ३२ सय रुपैयाँले सस्तिएको छ । असारका सात दिनमा सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घटेको छ हो । यस अवधिमा चाँदी पनि तोलाको ७५ रुपैयाँले सस्तिएको छ ।

आइतबार प्रतितोला सुनको मूल्य ८०० रुपैयाँले घटेपछि असारमा ३२ सय रुपैयाँले सस्तिएको हो । यस दिन चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको प्रतितोला ९० हजार रुपैयाँ र तेजाबी सुनको प्रतितोला ८९ हजार ५०० रुपैयाँ तोकेको छ ।

शुक्रबार छापावालको प्रतितोला ९० हजार ८०० र तेजाबीको ९० हजार ३०० रुपैयाँ मूल्य तोकिएको थियो ।

चाँदी मूल्य पनि अघिल्लो दिनको तुलनामा आइतबार १५ रुपैयाँ सस्तो तोकिएको छ । आइतबारका लागि महासंघले चाँदीको मूल्य प्रतितोला १ हजार २९० रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय