काठमाडौं– उपत्यकाका तीन जिल्ला–– काठमाडौं, भक्तपुर र ललितपुर –– प्रशासनले असार ८ गतेबाट लागू हुने गरी थप एक साता निषेधाज्ञा गर्ने र पालो मिलाएर निजी सवारी साधन र पसल खोल्न दिने निर्णय गरेका छन्

तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले बार अनुसार पालैपालो पसल खोल्न दिने निर्णय गरेको हो । निजी सवारी साधनको हकमा जोरबिजोरको नियम लगाउने निर्णय भएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले दिएको जानकारी अनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, भान्छा, विद्युतीय सामग्री, अटोमोबाइल सोरुम, मोटर पार्टस र इलेक्ट्रोनिक्स सामग्री र कम्युटर पसल खोल्न पाइन्छ । सोमबार र बुधबार डिपार्टमेन्टल स्टोर, सपिङ मल, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट र खेलकुद सामग्री पसल खोल्न दिने निर्णय भएको छ ।

निरौलाका अनुसार ती पसल र व्यवसायहरु बिहान ११ बजेबाट ४ बजेसम्म खोल्न दिइनेछ । किराना, खाद्यान्न र स्टेसनरी पसलको हकमा पुरानै निर्णयलाई निरन्तरता दिइएको छ ।

रेष्टुरेन्ट,  होटलहरूले टेक अवे र होम डेलिभरी गर्न पाउनेछन्। निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ।

शनिबार अत्यावश्यकबाहेक अरू पसलहरू बन्द गर्नु पर्नेछ। सरकारी कार्यालय आलो-पालो गरी खुला गर्नुपर्ने निर्णय भएको सहायक प्रजिअ अधिकारीले जानकारी दिए।

जेठ ३० गते स्थानीय प्रशासनले असार १ बाट लागू हुनेगरी किराना र स्टेसनरी पसल बिहान ११ बजेसम्म खोल्न दिने निर्णय गरेको थियो । सो निर्णयमा हेरफेर गरिएको छैन । ट्याक्सी पनि चल्न दिने निर्णय भएको छ । ट्याक्सीको यात्रु सीमा तीनजना तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय