काठमाडौं– नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिने घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको सोमबार सम्पन्न बैठकले गत आर्थिक वर्षको मुनाफा र सेयर प्रिमियमबाट चुक्तापुँजी १० अर्बको २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीद्वारा प्रस्तावित लाभांशमा १६.५ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन् ।

नेपाल सरकार र बिमा समितिबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कम्पनीद्वारा प्रस्तावित लाभांश लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय