काठमाडौं– काठमाडौंको बालाजुमा बस र मोटरसाइकल एकआपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु सडकमा ना४ख ४२२९ नम्बरको बस र बा७८प ८३८४ नम्बरको मोटरसाइकल सोमबार राति ठोकिँदा मोटरसाइकलमा सवार गोरखा भीमसेन गाउँपालिका–७ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने २४ वर्षीय लक्ष्मी परियारको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते परियारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मंगलबार बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक ३४ वर्षीय सिताराम परियारको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।