
काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेका अनुसार यस दिन नागरिक लगानी कोष र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन भएको हो ।
नेप्सेमा नागरिक लगानी कोषको ९ प्रतिशत बोनस सेयर समायोजन गरेको भएको हो । सो कम्पनीको समायोजनपश्चातको मूल्य ३ हजार ७४३ निर्धारण भएको छ ।
त्यस्तै, नेपाल एग्रोको १४ प्रतिशत बोनस सेयर समायोजन भएको हो । सो कम्पनीको समायोजन सेयर मूल्य ५४९ रहेको छ ।
नेप्सेले सो कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो ।