काठमाडौं– निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्रीले शेरबहादुर तामाङले आफ्नो १९ दिने कार्यकालमा गरेका कामबारे जानकारी गराएका छन् ।

कोरोना महामारीबीच स्वास्थ्यमन्त्री बनेका तामाङले १९ दिन मन्त्री हुँदा इमानदारीसाथ जनताको सेवा गरेको बताएका छन् ।

उनले आफ्नो फेसबुक वालमा आफूले सम्पन्न गरेका चारवटा काम उल्लेख गरेका छन् । उनले कोरोनाविरोधी खोप ल्याउने सम्बन्धी सबै प्रक्रिया पूरा भएको र केही दिनमै खोप आउने सुनिश्चित भएको दाबी गरेका छन् ।

पछिल्लो राजनितिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली जनताको जीवनमाथि नै तलमाथि भएमा त्यसको नैतिक जिम्मेवारी आफ्नै हुने पनि उल्लेख गरेका छन् ।

उनले आफ्नो कार्यकालमा सबै नेपाली जनताको स्वास्थ्य उपचार निःशुल्क गर्नेबारे छलफल र प्रारम्भिक प्रक्रिया सुरु गरेको बताएका छन् ।

त्यसैगरी, सम्पूर्ण सरकारी अस्पताललाई सुविधासम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिश्चितता गर्ने प्रक्रिया सुरु भएको उल्लेख गरेका छन् ।

समकालीन राजनीतिमा स्वच्छ छविका र इमानदार मानिने तामाङले आफ्नो १९ दिने कार्यकालमा गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल सुरु भएको पनि बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय