काठमाडौं– नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।निगमले असार ९ गते राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजेल तथा मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँको दरले बढाएको हो । अब काठमाडौंको थानकोटबाट १५ किलोमिटरको दुरीभित्र पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ११० रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय हवाई उडानको इन्धनमा भने प्रतिकिलोलिटर २० डलर मूल्य बढाएको छ । अब आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ८२ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रिय उडानको इन्धन मूल्य ७३५ अमेरिकी डलर पुगेको निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय