
काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले महालक्ष्मी मिसकल सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको यस सेवामा कुनै पनि बैंकिङ सेवा, बैंकको शाखाबारे जानकारी लिन सकिनेछ ।
त्यसैगरी बैंकको बचत तथा कर्जासम्बन्धी जानकारी पनि लिन सकिने विज्ञप्तिमा उल्लेख छ । बैंकले ९८४७३८७५२४ मा मिसकल गरेर जानकारी लिन सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ ।
यस सेवामा ग्राहकलाई बैंकका प्रतिनिधिले डिजिटल बैंकिङको प्रयोग विधि तथा त्यसको उपयोगिताबारे पनि जानकारी गराउनुको साथै बैंकसँग सम्बन्धित कुनै पनि समस्या वा सुझाव भएमा सो समाधान गरिने बैंकले जनाएको छ ।
हाल बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपिएस, क्युआरको लगायत विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।