काठमाडौं– नेपाली सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २०० ले बढेर ९४ हजार ५०० कायम भएको छ । पहेँलो धातु बुधबार प्रतितोला ९४ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको बिहीबारको मूल्य प्रतितोला ९४ हजार तोकिएको छ । बुधबार प्रतितोला ९३ हजार ८०० मा कारोबार भएको थियो ।

त्यस्तै बिहीबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलना स्थिर रहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २८० मा कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय