काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणका लागि निष्कासन गरेको सेयर शुक्रबार बाँडफाँड भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालयमा सेयर बाँडफाँड भएको हो ।

निष्कासन प्रबन्धकका अनुसार ६० कित्तासम्म माग गर्नेले माग अनुसार नै पाएका छन् । सेयरका लागि आवेदन दिने सबैलाई ५० कित्ता दिएर गरी बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता सेयर गोलाप्रथाबाट ५० कित्ताभन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ताका दरले बाँड्दा ६० कित्तासम्म माग्नेले माग अनुसार नै पाएका हुन् ।

६ हजार २७६ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

बैंकले माघ २ गतेदेखि ६ गतेसम्म ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण सेयर निष्कासन गरेको थियो । यो बैंकको जारी पुँजीको ४० प्रतिशत हो । सोमध्ये ०.२० प्रतिशत (१ लाख ६० हजार कित्ता) कर्मचारीका लागि र ५ प्रतिशत (४० लाख कित्ता) सामूहिक लगानी कोषका लागि छुट्ट्याएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिएको हो ।
साधारण सेयर बाँडफाँडसँगै बैंकको चुक्ता पुँजी २० अर्ब पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय