काठमाडौं– नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । दक्षिणको छिमेकी भारतबाट अनुदानमा खोप पाइसकेको नेपाललाई उत्तरको छिमेकीले पनि सहयोग गर्न लागेको हो ।

अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायसँग निकट सम्पर्कमा रहेर काम गरिरहेको काठमाडौंस्थित चिनियाँ राजदूतावासलाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले प्रेषित गरेको समाचारमा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठन निर्धारण गरेको मापदण्डअनुरुप चीनमा उत्पादित उक्त खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ ।
चिनियाँ कम्पनीले विकास गरेको खोप ब्राजिल, टर्की, चीन, युएई, हंगेरी, बहराइन, साउदी अरेबिया लगायत मुलुकको खोप अभियानमा सामेल गरिएको छ ।

यसअघि दक्षिणतर्फको छिमेकी भारतले नेपाललाई पाँच लाख मानिसलाई पुग्ने १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ । उक्त खोप स्वास्थ्य र सफाइकर्मीलाई लगाउने क्रम जारी छ ।

चिनियाँ खोप पनि दुई मात्रा लगाउनुपर्ने भएकोले अनुदानको खोपले डेढ लाखजनालाई पुग्नेछ । भारतले दिएको खोपले पाँच लाखजनालाई पुग्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय