काठमाडौं– सुनचाँदी तथा कला व्यवसायीले सुनचाँदीका मौलिक गरगहना निर्यातमा जोड दिएका छन् । नेपाली मौलिक गरगहनाको विश्व बजारमा अत्याधिक माग रहेको भन्दै उनीहरुले त्यस्ता गहनाको निर्यातबाट मुलुकमा रोजगारीका अवसरको सिर्जना मात्र नभई समग्र अर्थतन्त्रमा नै टेवा पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ र ललितपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीको स्वागतमा आइतबार आयोजित कार्यक्रममा सहभागी व्यवसायीले सुनचाँदीको मौलिक गरगहना निर्यातको उल्लेख्य सम्भाव्यता रहेको बताए ।

कार्यक्रममा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले नेपाली मौलिक गरगहनाको निर्यातमा जोड दिँदै यसवाट नेपालले धेरै फाइदा लिने धारणा राखे ।

अध्यक्ष शाक्यले सुनचाँदी नेपालमा जेम्स एन्ड ज्वेलरी काउन्सिलको महत्त्वबारे प्रकाश पार्दै व्यवसायी महासंघ, हस्तकला महासंघ र रत्न तथा आभूषण महासंघ जस्ता एउटै प्रकृतिका संघ–संस्थाले आपसमा सहकार्य गरेर व्यवसाय प्रवर्द्धन गर्नुपर्ने बताए ।

हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले नेपाली हस्तकलाको महत्त्व र सम्भाव्यता उच्च रहेको भन्दै त्यसलाई विश्व बजारमा लैजान राज्यको तर्फबाट विशेष पहल हुनुपर्नेमा जोड दिएको महासंघको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय