काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडकोे सञ्चालक समितिको बैठकले मनोजकुमार केडियालाई अध्यक्ष पदमा सर्वसम्मतिले चयन गरेको छ ।

उनले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष गभर्नरको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएको बैंकले जनाएको छ । उनी अघिल्लो कार्यकालमा पनि बैंक सञ्चालक समितिमा अध्यक्ष थिए ।

उनले केडिया अर्गनाइजेसन, केडिया इन्टरनेसनल प्रालि, वृज सिमेन्ट इन्डस्ट्रिज प्रालि, अर्घाखाँची सिमेन्ट प्रालि, श्री स्टिल्स प्रालि, एसियन कंक्रेटो प्रालि, वृज ग्लास इन्डस्ट्रिज प्रालि, केडिया इन्भेस्टमेन्ट कर्पोरेसन प्रालि लगायतका कम्पनीहरुमा अध्यक्ष/प्रबन्ध सञ्चालकको रुपमा सक्रिय रही उद्योग, व्यापार एवं व्यवसायको क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव हासिल गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय