काठमाडौं– ग्लोबल आइएमई बैंकको अध्यक्षमा पुनः चन्द्रप्रसाद ढकाल चयन भएका छन् । बुधबार सम्पन्न १४औं वार्षिक साधारणसभाबाट ढकाल अध्यक्ष चयन भएका हुन् ।

अध्यक्ष ढकालले बुधबार नै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

गत वर्ष जनता बैंकसँग मर्जपछि ग्लोबल आइएमई बैंक मुलुककै ठूलो वाणिज्य बैंक बनेको थियो । बैंकको साधारणसभाबाट आर्थिक वर्ष ०७६/०७७ को नाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । यस बैंकका सेयरधनीले १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद पाउने छन् ।

अब बैंकको प्राथमिक पुँजी २७ अर्ब रुपैयाँ पुगेको छ । बैंकले १४ वर्षको १७ वटा बैंक तथा वित्तीय संस्थालाई मर्ज गरेको छ । बैंकले दुई सय ४९ अर्ब रुपैयाँ निक्षेप, दुई सय ११ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले पाँच सय ५७ सेवा केन्द्रबाट सेवा दिएको छ भने दुई सय ४० एटिमए छन् । बैंकमा तीन हजार कर्मचारी कार्यरत छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय