काठमाडौं– नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सोमबार प्रतितोला सुनको मूल्य ५०० रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुनसँगै तेजाबी सुनको मूल्यमा समेत वृद्धि भएको छ ।

महासंघका अनुसार तेजाबी सुन प्रतितोला मूल्य ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि लगातार तेस्रो दिन वृद्धि भएको छ । सोमबार चाँदी तोलामा ८० रुपैयाँले बढेर प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय