काठमाडौं– कोरोना महामारीबाट बढी पीडित व्यवसायीले आन्दोलन घोषणा गरेका छन् ।

उनीहरुले कोरोना रोक्ने उद्देश्यले गरिएको लकडाउनबाट सार्वजनिक यातायात, स्कुल, कलेज, होटल, रेस्टुराँ लगायत व्यवसाय ठप्प भए पनि सरकारले करको नाउँमा र बैंक वित्तीय संस्थाले मौद्रिक नीतिविरुद्ध व्यवसायीलाई जबरजस्ती गरेको भन्दै उनीहरुले आन्दोलन आह्वान गरेका हुन् ।

बैंकले लकडाउनका कारण व्यवसाय अस्तव्यस्त हुँदा पनि साबिककै ब्याजदरमा किस्ता बुझाउन ताकेता गरेको आरोप कोरोना महामारीपीडित सर्वपक्षीय व्यवसायी संघर्ष समितिले जनाएको छ । सरकार र बैंकको रवैयाले व्यवसायी विक्षिप्त बनेको पनि विज्ञप्तिमा उल्लेख छ ।

माघ १८ र १९ गतेका लागि माइकिङको कार्यक्रम राखेको समितिले माघ २० र २१ गते नक्सालदेखि बालुवाटारसम्म सडकको दुवैतर्फको पेटीमा प्लेकार्ड सहित २ घन्टा धर्ना दिई कोण सभा आयोजना गर्ने जनाएको छ ।

माघ २४ देखि निरन्तर रुपमा कडा आन्दोलन, कर राजस्व अवज्ञा, अनसन लगायतको कार्यक्रम तय गर्ने समितिको भनाइ छ ।

‘बैंकहरुले व्यवसाय अस्तव्यस्त हुँदा पनि सबिकको ब्याजदरमा किस्ता असुली गर्न ताकेता गरिएकोप्रति हामी सम्पूर्ण व्यवसायी उकजुट भई सरकारको रवैया र बैंकहरुको शोषणविरुद्ध आन्दोलन गर्न बाध्य भएका छौं,’ समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बैंकहरुले ठूला र पहुँचवाला व्यवसयाीलाई मात्रै सहुलियत दिएको, निम्न मध्यम र मध्य वर्गका व्यवसायीलाई शोषण गरेको उनहिरुको भनाइ छ ।

उनीहरुले लकडाउन पछि पनि व्यवसाय सुचारु नभएको भन्दै लकडाउन अवधिभरको सवारी लगायतका कर तथा जरिवाना र बैंकको ब्याज मिनाहा गर्न र व्यवसाय पूर्ण रुपमा सुचार नभएसम्म सहुलियत ब्याजदर मात्र तिर्ने व्यवस्था गर्न माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय