काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै अनलाइनमार्फत डेबिट कार्ड आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

अब नयाँ डेबिट कार्ड लिनु परेमा, नवीकरण गर्नु परेमा वा हराएको/बिग्रिएको कार्डको सट्टामा नयाँ बनाउन परेमा भौतिक रुपमा बैंकमा उपस्थित नभई घरैबाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।

कार्ड तयार भइसकेपछि बैंकले कार्ड संकलन गर्न एसएमएसमार्फत जानकारी दिने जनाएको छ । आवेदन दिँदा कार्ड संकलन गर्न छनोट गरिएको शाखाबाट डेबिट कार्ड संकलन गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय