काठमाडौं– महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

मंगलबार सम्पन्न बैंक सञ्चालक समिति बैठकले लगानीकर्तालाई चुक्ता पुँजीको ९.२६ प्रतिशत बोनस सेयर (बोनसमा लाग्ने कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

अघिल्लो आवबाट बैंकले सेयरधनीलाई ८ प्रतिशत बोनस र ९.८९ प्रतिशत नगद गरी १७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा बैंकको लाभांश ८.६३ प्रतिशतले घटेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय