काठमाडौं– सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला ९८ हजार ५०० मा कारोबार भएको पहेंलो धातुको मूल्य आज प्रतितोला ६०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ४०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार थियो ।

चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २७५ तोकिएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८५१ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय