काठमाडौं- ‘हरियो वन, नेपालको धन’ भन्ने मुल नारालाई आत्मसात गर्दै बढ्दो जलवायु परिवर्तन न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जगेर्ना तथा प्रवर्द्धन गर्ने उद्देश्यले गरिमा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जेठ २२ गते कालिका पार्क, बूढानीलकण्ठ, काठमाडौंमा बृहत् बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व वातावरण दिवस २०२२ को दिन सम्पन्न उक्त कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका, वडा नम्बर २ का वडाअध्यक्ष राजेन्द्र श्रेष्ठ एवं बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले संयुुक्त रुपमा रुख रोपी कार्यक्रम उद्घाटन गरेका थिए । यस कार्यक्रम अन्तर्गत उक्त पार्कमा करिब २०० विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।

हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर तथा ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा दिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय