काठमाडौं– काठमाडौं महानगरपालिकामा प्रमुख बालेन साहको अवधारणा अनुसार सहरका होटल, रेस्टुरेन्टका शौचालय सर्वसाधारणले प्रयोग गर्ने गरी व्यवस्था मिलाइँदै छ । होटल रेस्टुरेन्टले मात्र नभएर व्यापारिक घरानाहरुले पनि आफ्ना शौचालय सार्वजनिक प्रयोगमा दिने घोषणा गरेका छन् ।

होन्डा मोटरसाइलको अधिकृत बिक्रेता स्याकार कम्पनी लिमिटेडले होन्डाका हरेक सोरुममा रहेका शौचालय सर्वसाधारणलाई प्रयोग गर्न दिने घोषणा गरिसकेको छ । बालेनको अवधारणालाई समर्थन गर्ने उपत्यकाबाहिरका होटल रेस्टुरेन्टले पनि आफ्नो शौचालय सर्वसाधारणलाई प्रयोग गर्न दिने घोषणा गरिसकेका छन् ।

त्यस्ता शौचालय कहाँ कहाँ छन् भनेर सर्वसाधारणलाई चिनाउन महानगरले विशेष संकेत चिह्न बनाएको छ ।

सार्वजनिक शौचालय पहिचानका लागि नीलो पृष्ठभूमिको संकेत चिह्न तयार पारेको हो ।

नीलो पृष्ठभूमिको गोलाकारको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बीच भागमा सेतो रङमै महिला र पुरुषको आकृति राखिएको छ । संकेत चिह्नको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ ।

महानगर क्षेत्रभित्रका होटल, रेस्टुरेन्ट, बैंक, व्यापारिक भवन, कम्पनी, फर्म, गैरसरकारी संघ–संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकलाई महानगरको सार्वजनिक–निजी साझेदारी एकाईमा सम्पर्क राख्न सार्वजनिक आह्वान पनि गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय