काठमाडौंं– दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जंगलमा दुईजना मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेश मैनालीले एकजोडी युवायुवती मृत वस्थामा फेला परेको जानकारी दिएका छन् । मृत अवस्थामा भेटिएका व्यक्ति अन्दाजी २२–२३ वर्षको भएको उनको भनाइ छ ।

ती व्यक्तिको सनाखत हुन नसकेको र मृत्युका कारण पनि नखुलेको प्रवक्ता मैनालीले बताए । घटनास्थलमा अहिले प्रहरीको टोली पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय