काठमाडौं– आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडअन्तर्गत सञ्चालित आइएमई पे र फुडमान्डुबीच सम्झौता भएको छ । सम्झौताअनुरुप जेठ २३ गतेदेखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरिएको छ ।

३ को कमाल, क्यासब्याकले धमाल नामक अफरमार्फत प्रयोगकर्ताले आइएमई पे एपमार्फत फुडमान्डु एपमा ३ अर्डरको भुक्तानी गरेपछि सोको योगफलमा १५ प्रतिशत क्यासब्याक पाउने बताइएको छ । यो क्यासब्याकको सीमा ५०० रुपैयाँसम्म मात्र हुने बताइएको छ ।

यस अफरको नियमस्वरुप फुडमान्डु एपबाट ३ अर्डर गरेपछि सो ३ बिलको कुल रकममा १५ प्रतिशत क्यासब्याक पाइने र उक्त क्यासब्याकको सीमा ५०० रुपैयाँसम्म मात्र हुने आइएमई पेले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय