काठमाडौं– अबको चार महिनाभित्र वैदेशिक रोजगारीमा रहेका नेपालले सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)मा आरक्षण पाउने भएका छन् ।

धितोपत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमालले संस्थाको ३०औं वार्षिकोतसव समारोहलाई सम्बोधन गर्ने क्रममा उक्त जानकारी दिएका हुन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपिओ आरक्षण गर्ने नीति अघि सारेको थियो ।

अध्यक्ष हमालले सरकारको नीति कार्यान्वयनमा लैजान अबको चार महिनाभित्र एसएमई सिस्टम र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओमा आरक्षणको व्यवस्था हुने बताए ।

पछिल्लो समय अन्तर्राष्ट्रिय मूल्यवृद्धि, रूस–युक्रेन युद्ध र आन्तरिक बजारमा तरलता अभावले सेयर सूचक ओरालो लागको बताए । लगानीकर्ताको हकहित संरक्षणका लागि धितोपत्रले विभिन्न काम अगाडि बढाएको पनि उनले बताए ।

उनले बोर्डको सुपरिवेक्षण प्रणालीलाई आर्टिफिसियल इन्टिलिजेन्समा आधारित बनाउने र यसले बजारमा हुने चलखेल र अनुचित क्रियाकलाप निरुत्साहित गर्ने बताए ।

उनले बुक बिल्डिङ प्रणाली दिगो एवं पारदर्शी रूपमा सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय स्तरमा प्रचलनमा रहेको अटोमेटेड इलेक्ट्रोनिक अक्सन सिस्टम तयार गरी दिगो र स्थापित वास्तविक क्षेत्रका कम्पनीलाई धितोपत्र बजारमा ल्याइने पनि बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय