
काठमाडौं– नेपालकै प्रतिष्ठित ५ तारे होटल सोल्टी होटल र यस विकास बैंकबीच होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आकर्षक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्र अनुसार यस बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी बिल भुक्तानी ग्राहकले काठमाडौंमा अवस्थित द सोल्टी काठमाडौं र नेपालगञ्जमा अवस्थित सोल्टी वेस्टेन्ड प्रिमियरबाट फुड एन्ड वेभरेजमा आकर्षक १० प्रतिशत छुट पाउन सक्छन् ।
हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैंकिङ सेवा दिँदै आइरहेको छ ।