काठमाडौं– नेपाल स्टक एक्सचेन्जले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बिओके)को सेयर कारोबार रोक्का गरिदिएको छ ।

दुई बैंकबीच बिहीबार मर्जर प्रक्रियामा समझदारी भएपछि नेप्सेले सेयर कारोबार रोक्का गरेको हो ।

यी दुई बैंक एकापसमा गाभिनका लागि बिहीवार बिहान ८ बजे समझदारीपत्रमा हस्ताक्षर भएको थियो । मर्जर प्रक्रिया नसकिएसम्म दुवै बैंकको सेयर कारोबार रोक्का हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर