वुहान– विश्व स्वास्थ्य संगठनका विशेषज्ञहरुले चीनको वुहानस्थित समुद्री खानाको कारोबार हुने बजारमा बजारमा कोभिड–१९ को संक्रमण फैलिएको अनुमान गरेको छ । उनीहरुले वुहानमै पुगेर गरेको अनुसन्धानबाट यो देखिएको जनाएका छन् ।

कोभिड भने अन्यत्र कतै उत्पत्ति भएको तर त्यही समुद्री खानेकुरा र तरकारी बजारबाट यो विस्तार भएको अुनमान गरिएको विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले दिएको प्राप्त समाचारमा जनाइएको छ । नोवेल कोरोना भाइरस पहिलोपटक चीनको वुहानमा देखिएको हो । त्यस विषयमा अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनले पहिल्यैदेखि चीन जान खोजेकोमा चीन सरकारले अनुमति दिएको थिएन ।

हालै उनीहरुले सो क्षेत्रमा पुगेर अनुसन्धान गरेका थिए । त्यस क्रममा गरिएको अनुसन्धानबाट कोभिड यहाँको समुद्री खाना बजारबाट विस्तार भएको पाइएको उनीहरुले बताएका छन् । उनीहरुले कोभिड १९ को भाइरस कहाँबाट उत्पत्ति भएको हो भन्ने बारेमा अनुसन्धान गरिरहेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनको टिमले वुहान सहरमा रहेको वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको अध्ययन गरेका थिए र उनीहरुले सो संस्थाको ल्याबको पनि अनुसन्धान गरेका थिए ।

कोभिड १९ गराउने कोरोना भाइरसका उत्पत्ति कहाँ भएको भन्ने रहस्य अझै खुलेको छैन । केही वैज्ञानिकहरुले चीनमा देखापर्नुअघि नै इटलीमा कोरोना संक्रमण फैलिइसकको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर