काठमाडौं– एनआइसी एसिया बैंकले डिजिटल बैंकिङ प्रवर्द्धनका लागि आफ्नो मोबाइल बैंकिङ एप, वेबसाइट, आइसर्भ र इन्टरनेट बैंकिङ नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ । यसमार्फत बैंकका ग्राहकले नेपाल टेलिकमको डाटा प्रयोग गरी एनआइसी एसिया मोब्यांक एप, आइसर्भ, वेबसाइट र इन्टेनट बैंकिङ सुविधा निःशुल्क प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले यसअघि एनसेलको नेटवर्कमा पनि यी सुविधा निःशुल्क लिन सक्ने व्यवस्था गरिसकेको बैंकको विज्ञप्तिमा उल्लेख छ । अब नेपाल टेलिकम र एनसेलको निःशुल्क डाटा सुविधाको प्रयोग गरी उक्त बैंकका ग्राहकले एनआइसी मोब्यांक एपबाट अन्तरबैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, क्युआर भुक्तानी, ई कमर्स एक्टिभेसन, आफ्नो गुनासोको सुनुवाइ तथा प्रोग्रेस ट्य्राकिङ आदि सुविधाहरू निःशुल्क लिन सक्ने बैंकको विज्ञप्तिमा उललेख छ ।

एनआइसी मोब्यांकबाट विभिन्न कम्पनीले जारी गर्ने प्रारम्भिक सेयरमा आवेदन दिन पनि सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय